तुलसीपुरबाट चोरी भएको मोटरसाइकलसहित दुईजना पक्राउ

तुलसीपुर, २ कार्तिक ।
दाङको तुलसीपुरबाट चोरी भएको मोटरसाइकलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर १५ पहरुवा निवासी १८ वर्षीय सविन चौधरी र सोही ठाँउ निवासी १८ वर्षकै सुशिल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

उनीहरु मध्य एकजनाले गेट भित्रबाट मोटरसाइकल लिएको र अर्काले सडकबाट चलाएर लिएको स्विकार गरिसकेको उहाले बताउनुभयो । उनीहरुले मोटरसाइकलको स्वरुप परिवर्तन गर्नको लागी विभिन्न सामानहरु समेत फेरेको पाइएको छ ।

दंगीशरण गाउँपालिका १ बाँकीका टंक डाँगीले प्रयोग गर्दै आएको रा ५ प ९२७७ नम्बरको निलो कालो रङको पल्सर (१५०) मोटरसाइकल तुलसीपुर ६ गोलौरामा रहेको साथीको घरमा गएको अवस्थामा मंगलबार राती घरबाटै चोरी भएको थियो । मंगलबार साँझ घरको व्राण्डमा पार्किङ गरि राखेको मोडरसाइल बुधबार बिहान उठेर हेर्दा नदेखेपछी चोरी भएको भन्ने थाहा पाइएको थियो । त्यसपछी बाइक धनी गाँडीले मोटरसाइकल खोजीका लागी प्रहरीमा निवेदन दिएलगत्तै प्रहरीले पनि खोजी कार्य तिव्र पारेको थियो ।


उनीहरुले उक्त मोटरसाइकलको नम्बर प्लेट समेत परिवर्तन गरेर रा ६ प ६९६ नम्बर राखेको प्रहरीले जनाएको छ । नम्बर प्लेट र टायर परिवर्तन गरेर लेकगाड परिवर्तनका लागी तुलसीपुरमा रहेको आरमन मोटरसाइकल वर्कसपमा लगेर मोटरसाइकल छोडेको अवस्थामा फेला परेपछी आज बिहिबार बिहान प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

मोटरसाइकल चोरी गर्ने दुईजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तुलसीपुरको टिभिएस स्वरुम नजिकैबाट एकजना र गुम्राचोक नजिकैबाट एकजनालाई पक्राउ गरिएको हो । पक्राउ परेका मध्य सुशिलले टिभिएस स्वरुममा काम गर्दै आएको खुलेको छ । उनीहरु दुबैजनालाई चोरी मुद्धा दर्ता गरेर म्याद थपका लागी जिल्ला अदालत दाङमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।