साना किसान तथा युवा उद्यमसिलता साझेदारी परीयोजनाद्वारा सहकारी गठनकालागि दोस्रो भेला

प्रमोद आचार्य
दंगीशरण, २६ असोज ।
दंगीशरण गाउँपालिकालाई आर्थिक समृद्धिको बाटो तिर लैजाने गरी मानवीय विकासलाई प्राथमिकतामा राखि अगाडी बढेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् ।

आर्थिक समृद्धिका लागी साझेदारी कार्यक्रम ‘भोकालाई एक छाक भोजन हैन जिउने जुक्ती सिकाऔं’ भन्ने मुल नाराका साथ दंगीशरण सामाजिक महिल उद्यमि सहकारीको आयोजना तथा हेफर प्रोजेक्ट दंगीशरणको आर्थिक सहयोगमा संचालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमसिलता साझेदारी परीयोजनाद्वारा सहकारी गठनका लागी आयोजित दोस्रो भेलामा अध्यक्ष गिरीले यस्तो बताएका हुन ।

कमाउने मात्र ठुलो कुरा नभइ बचत गर्न सक्नुनै आजको प्रमुख कुरा रहेको बताएकाछ्न । पछिलो समय मानिसहरु आम्दानी अनुसारको बचत गर्न नसक्दा परीवारमा समस्या आउने घटनाहरुमा समेत वृद्धि हुने गरेको बताए ।

आफुहरुले दंगीशरण त्यतीबेला समृद्धि भएको अनुभुती गर्नेछौ जतीबेला यहाँका नागरीकले सामान्य औषधि उपचार गर्नसक्ने हुनेछन,जतीबेला आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम हुनेछन,अध्यक्ष गिरीले बताए । आफुहरु बिशुद्द यहाँका नागरिकहरुलाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाइ सबल र आर्थिक रुपान्तरण गर्ने सोचका साथ अगाडी बढेको र सोहि अनुरुप हेफर प्रोजेक्ट नेपाल,नेपाल महिला सामुदायिक केन्द्र दाङबिच त्रिपक्षीय सम्झौताका साथ अगाडी बढदै किसानहरुको समग्र हकहितका लागी पालिकास्तरीय सहकारी स्थापना गरेको बताए ।


कार्यक्रममा बोल्दै कार्यक्रमकी बिशिस्ट अथिती तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले महिलाहरुको आर्थिक तथा सामाजिक शसक्तीकरणका लागी महिलाहरुकै सहभागीतामा खोलिएको सहकारीले यहाँका समग्र महिला तथा किसानहरुको पक्षमा काम गर्नेमा आफु बिस्वस्त रहेको बताइन । पछाडी परेका महिला तथा पछाडि परेका बर्गको प्रतीनिधित्व हुनेगरी सहकारीले काम गर्ने र किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरण गर्नपनि सहकारी आजको प्रमुख आवश्यकता रहेको बताइन् ।

यस्तै हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यले महिलाहरुमार्फत परीवारको आम्दानि वृद्धि गर्ने, महिलाहरुलाई समुहमा आवद्ध बनाइ उद्यमि बनाउने सहकरीको लक्ष्य रहेको बताए । आफ्नो वरपर रहेका स्रोतहरुको सहि परीचालन गर्न नसक्दा आम्दानी गर्न नसकेको बताउदै अधिकृत आचार्यले आफ्ना किसानहरुले उत्पादन गरेको वस्तुको उचित मुल्य दिलाउन र किसानलाइ ठगिनबाट जोगाइ किसानले उत्पादन गरेको वस्तुको सहज वजारीकरण गर्न सहकारी स्थापना गरीएको बताए ।

कार्यक्रममा गुरुवावा सहकारी रावतगाउँका छोटीलाल चौधरी,नेपाल महिला सामुदायिक सेवाकेन्द्र दाङका उपाध्यक्ष बिष्णु गिरी,कार्यपालिका सदस्य शितरा नेपाली,वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्री, ३ का वडा अध्यक्ष शुकलाल चौधरी, ४ का वडा अध्यक्ष कमल थारु, वडा नं. ५ का वडा अध्यक्ष निरज वस्नेत,वडा नं. ६ का वडा अध्यक्ष रोशन जङ शाह, वडा नं. ७ का वडा अध्यक्ष रेशम वलि लगायतले सहकारी यसको उदेश्य तथा महत्त्वबारे आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

दंगीशरण सामाजिक महिला उद्यमि सहकारीकी अध्यक्ष नमुना लामिछानेको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा भेला सम्पन्न भएको हो । सहकारीकी सदस्य सुनित्रा आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण हेफर प्रोजेक्ट नेपालकी दंगीशरण सयोजक गोमा भट्टराईले गरेकी थिइन् ।