बबई ६ बाट ५० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर, २० असोज । दाङको बबई गाउँपालिका वडा नं.६ बाट ५० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत सोही वडामा भएको कार्यक्रममा निर्मल बुढाथोकी र सम्झना अधिकारीको नेतृत्वमा ५० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

एमाले,काग्रेसलगायतबाट प्रवेश गरेका नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेकाे स्वकीय सचिब सम्भु रेग्मीले जानकारी दिए ।


त्यस अवसरमा मन्त्री मास्कीले मुलुकलाई सही मार्गमा लैजाने भनेको जनताको हातमा हुने भन्दै सही नेतृत्वलाई साथ दिनु जनताको दायित्व हुने बताएका छन् ।

पश्चिम दाङलाई सुगम दाङका रुपमा विकास गर्न आफूले प्रत्यन गरेकाले यो अभियानमा गोलबद्ध हुन सबैमा आग्रह समेत गरे । उनले काम गर्ने इच्छा शक्ति भएको नेतालाई सबै मिलेर सहयोग गर्नुपर्ने समेत बताए ।