कपिल लामिछाने
तुलसीपुर, २७ भदौ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले मासिक रुपमा सामुदायीक बिद्यालयका बालबालीकाहरूको नियमित स्वास्थ्य चेकजाँच कार्यक्रम अन्तर्गत सोमबार (आज) जनता संस्कृत मा.बि. बिजौरीमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नगर स्वास्थ्य केन्द्र हेमन्तपुरका इन्चार्ज डिल्ली शर्माको सहित वडा नं. १८ का वडा अध्यक्ष माधव वलीको नेतृत्वमा गएको टोलीले बिद्यार्थीहरूको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । जनता संस्कृत मा.बि. बिजौरीमा सुरू भएको कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मका करिब १ सय भन्दा बढि बिद्यार्थीहरूको स्वास्थ्य जाँच गरिएको थिए । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष वलीले “बिद्यार्थीहरू भविष्यका कर्णधार भएको हुँदा उनिहरूको नियमित स्वास्थ्य जाँच हुनुपर्ने भन्दै उनिहरूलाई स्वस्थ र शिक्षित राख्नका लागी स्थानीय सरकारको तर्फबाट आफुले जहिले जस्तो सुकै सहयोग गर्न तयार रहेको” बताउनुभयो ।
साथै उहाँले नगर स्वास्थ्य केन्द्रले मासीक रूपमा नियमित गाउँ–गाउँमा गएर बृद्धबृद्धाहरूको स्वास्थ्य जाँच गरिरहेको कुरा जानकारी दिदैँ अहिले नेपालमा देखिएको डेंगु रोगका कारण धेरै जसो बिरामी परेको हुँदा बिद्यालयमा रहेका बिद्यार्थीहरूको चेकजाँच गरि उनिहरूको स्वास्थ्यको अबस्था बुझ्नका लागी वडा नं. १८ का सामुदायीक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको चेकजाँचलाई बिशेष रूपमा प्राथमिकता दिएको बताउनुभयो ।
उक्त कार्यक्रममा जनता मा.बि.का प्रधानाध्यापक पदम बहादुर रावतले यसरी बिद्यालयमा स्वास्थ परिक्षण कार्यक्रम राखी बिद्यार्थीहरूको स्वास्थ्य अबस्थाबारे चिन्तन गरिदिने वडा अध्यक्ष माधव वली र नगरस्वास्थ्य केन्द्रका ईन्चार्ज डिल्ली शर्मालाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरू भएर दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
लाइभदाङ । २७ भाद्र २०७९, सोमबार १६:४६ बजे