तुलसीपुर ९ मा अनेमा संघ(क्रान्तिकारी) गठन

तुलसीपुर, १९ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ मा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को वडा कमिटि गठन गरिएको छ ।

शुक्रबार भएको वडा भेलाले इन्द्र कुमारी वलीको अध्यक्षतामा २५ सदस्यीय संघ गठन गरेको हो । इन्द्र कुमारी वलीको अध्यक्षता तथा वडा अभियान संयोजक सीता वलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा बिशिस्ट अतिथि अखिल नेपाल महिला सघ(क्रान्तिकारी) नगर उपाध्यक बालीका बुढाथोकी, संघका सचिव इन्दिरा वली, पार्टीका वडा सह इन्चार्ज दुर्गा प्रसाद शर्मा , वडा कमिटी अध्यक्ष मदन प्रकाश हमाल, नगर सल्लाहकार यज्ञ कुमारी वली, वडा कमिटी सदस्य भिम बहदुर वली, रकम राज बिक, बिनोद कुमार शर्मालगायतको सहभागितामा भेला भएको हो ।

उक्त भेलाको सहजीकरण वडा कमिटि सदस्य मिना बुढाथोकीले गरेकी थिइन ।