मन्त्री मास्कीको एक दिन : टोल कमिटि गठनदेखि नव प्रवेशीलाई स्वागतसम्म

तुलसीपुर, १३ असोज । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर माास्कीले बिभिन्न ठाउँमा पुगेर पार्टी प्रवेश तथा टोल कमिटि गठन गरेका छन् । शनिबार बिभिन्न स्थानका कार्यक्रममा सहभागिता जनाएका हुन् ।

बबई गाउँपालिका वडा नं.५ हुरुम जलुकेमा ३५ जनालाई माओवादी केन्द्रमा प्रवेश गराएका छन् । एमाले, काँग्रेसलगायत पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस्तै बबई गाउँपालिका वडा नं. ४ सूर्य विनायक टोलमा टोल कमिटि गठन गरिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.९ को वडा पार्टी कार्यालय स्थापना तथा शान्तिनगर २ स्थित दीप कृषि सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा उद्घाटन गरेका छन् ।


त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङमा अनुभूति हुने गरि विकासको गतिमा अघि बढेको बताए । उनले पश्चिम दाङमा परेको बजेट कार्यान्वयनको प्रक्रिया अघि बढेको समेत बताए ।