तुलसीपुर ११ नवलपुरमा ६० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर,११ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं.११ नवलपुर बेलगनारमा ६० भन्दा बढि ब्यक्ती माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले, काँग्रेसलगायतबाट उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा उनले विकास र समृद्धिकालागि जनताको साथ चाहिने बताएका हुन् । पश्चिम दाङले पहिलो पटक मन्त्री पाएको र विगत भन्दा धेरै बजेट आएको भन्दै अब पश्चिम दाङले मुहार फेर्ने मन्त्री मास्कीको भनाई छ ।


अहिले सरकारले भ्रष्टाचार विरोधी कदम पनि चालेकाले यसलाई सफल पारेमा समृद्धिको गति अघि बढ्ने भन्दै यसमा जनताले साथ दिनुपर्ने समेत बताए । उनले जनताले साथ दिएमा पश्चिम दाङलाई कायापलट गर्ने समेत बताए । पहिलो बर्ष नै इतिहासमै धेरै बजेट पश्चिम दाङलाई ल्याएको भन्दै आगामी दिनमा पश्चिम दाङलाई कायापलट गर्न जनताको साथ चाहिने उनको भनाई थियो ।

त्यस अवसरमा पार्टीका नगर इञ्चार्ज प्रेमराज वली, नगर सचिब तुलाराम भण्डारी, नेता तथा मन्त्री मास्कीका स्वकीय सचिब शम्भु रेग्मी, पार्टीका नेता नन्दन रोका, गोपाल मल्ललगायतको सहभागिता रहेको थियो ।