अखिल नेपाल किसान महासंघ बबईको नयाँ नेतृत्व चयन

हापुरे, १२ असोज ।
नेकपा एमालेको जनबर्गीय संगठन अखिल नेपाल किसान महासंघ बबइको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार हापुरेमा सम्पन्न पालिका स्तरिय भेलाले रणविर खत्रीको अध्यक्षतामा सर्बसहमत नयाँ कार्यसमिती चयन भएको हो । समितीको उपाध्यक्षमा परबिर रावत, कोषध्यक्षमा शोभा वस्नेत, सचिवमा टोपलाल वली, उपसचिवमा पुर्णबहादुर खाम्चा मगर रहनुभएको छ ।

समितीको सदस्यहरुमा रासु पुन, लाल बहादुर चौधरी, इन्द्र बहादुर मगर, धनसरी घर्ती, गणेश बहादुर ओली, अम्मर राज गौतम, सिताराम कामी, कर्ण बहादुर ओली, मैयाँकला वुढा, बल बहादुर ओली र भरत सिंजाली रहनुभएको छ । नवगठित समितीलाई अखिल नेपाल किसान महासंघका केन्द्रय सदस्य कृष्ण चौधरीले सपथ ग्रहण गराउनु भएको हो ।


अखिल नेपाल किसान महासंघ बबईका अध्यक्ष विर बहादुर खड्काको  अध्यक्षता तथा नेकपा एमाले जिल्ला सदस्य तथा बबई इन्चार्ज डिल्ली बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सञ्चालन नेकपा एमाले बबइका सचिव डम्बर बहादुर श्रीस मगरले गर्नुभएको थियो ।