तुलसीपुरमा अटो दुर्घटना हुँदा ५ जना घाइते

दाङ, १५ माघ ।
तुलसीपुरमा अटो दुर्घटना हुँदा एकै परिवारका तिन जना सहित ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर ९ का ३५ वर्षीय खिमा भण्डारी, उहाँका छोरा १६ वर्षिय कृष्ण भण्डारी, सासु ६० वर्षिय रेवति भण्डारी, ठेलावाला ३४ वर्षिय शम्भु गुप्ता र अटो चालक तुलसीपुर ७ का ५० वर्षिय कुल बहादुर पुन घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

आज सोमबार दिउँसो १२ वजे तुलसीपुर ७ सिवनगरदेखि रक्षचौरतर्फ जादै गरेको रा १ ह ३२३४ नम्बरको अटो अनियन्त्रित भइ रोकि राखेको ठेलासंग ठोकिदा ५ जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


घाइते ६० वर्षिय रेवतिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभयो ।

अन्य चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।