तुलसीपुरमा खुकुरी प्रहारबाट महिलाको हत्या

दाङ,६ असोज ।
दाङमा खुकुरी प्रहार गरि एक महिलाको हत्या गरिएको छ । शनिबार दिउसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुराको भगवति टोलका करिव ३९ वर्षीय टेक बहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षिय रिता लामिछानेमाथि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार घरमा रहेको खुकुरीले रिताकै घर अगाडि घाटीमा प्रहार गरि हत्या गरेका थिए ।


उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय बिर बहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमाल माथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट बिर बहादुरको दाहिने हातमा चोट लागेको छ । दुबै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अबस्था मध्यम रहेको छ ।

खुकुरी प्रहार गर्ने टेक बहादुर प्रहरीले पक्राउ गरेको छ । घरभित्र लुकिछिपि बसेको अबस्थामा उनलाई खुकुरी सहित नियन्त्रणमा लिईएको हो । यस बिषयमा अनुसन्धान भईरहेका छ ।