दाङ उवासंघको चुनाव जाने विप्लव निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघको निर्णय

घोराही, भदौ ।
नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङले जिल्ला उद्योग वाणिज्य संघको चुनावमा जाने निर्णय गरेको छ । शुक्रबार घोराहीमा सम्पन्न भएको वाणिज्य बैठकले यही असोज १३ गते हुने दाङ उवासंघको चुनावमा भाग लिने निर्णय गरेको हो ।

जिल्लामा क्रियाशीयल सबै राजनीति दलका व्यावसायिक संघ/संगठनहरुसँग आपसी सहमति र सहकार्य गरेर सबै व्यवसायीहरुलाई एकताबद्ध बनाएर अगाडि बढ्ने समेत वाणिज्य महासंघको बैठकले निर्णय गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष रेमन्त श्रेष्ठको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी पूर्वी दाङकी इञ्चार्ज सम्झना सीको प्रमुख आतिथ्यता भएको बैठकमा युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सी लगायत व्यापारीहरुको सहभागिता रहेको थियो ।


राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङको तर्फबाट उवासंघको चुनावमा सहभागि हुनका लागि बैठकले रेमन्त श्रेष्ठको संयोजकत्वमा दुई सदस्य चयन गरेको छ । जसको सदस्यमा बिक्रम चन्द र मोहन बुढा रहेका छन् ।

उता नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमीतर्फबाट निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशी, नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघबाट वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेल र नेकपा (माओवादी केन्द्र) निकट नेपाल उद्योग व्यापार संगठनले पुर्ब उपाध्यक्ष ओविन्द्र बहादुर महराको नेतृत्वमा अगाडि बढ्ने निर्णय समेत गरेको छ भने राप्रपा निकट राष्ट्रिय प्राजातान्त्रिक उद्योग व्यापार संगठनले वर्तमान सदस्य बिष्णु प्रसाद गौतमको नेतृत्वमा जाने निर्णय गरेको छ ।