तुलसीपुर नगर जेसीजद्वारा श्रीकृष्ण मन्दिर दुधेनामा स्वास्थ्य सहायता कक्ष स्थापना

दाङ, २० भदौ
तुलसीपुर नगर जेसीजले श्रीकृष्ण जन्माष्टमीको अवसरमा श्रीकृष्ण मन्दिर दुधेनामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी त्यहा आएका भक्तजनहरुको स्वास्थ्य परीक्षण गरेको छ। तुलसीपुर भिमसेन मेट्रो अस्पताल दुधेनाको स्वास्थ्य प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हाे ।
मन्दिरमा पूजाआजा गर्न आएका २५० भन्दा बढी भक्तजनहरुले स्वास्थ्य परिक्षण गराएका थिए।
श्रीकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाको प्रमुख आतिथ्यता एबम् मेट्रो अस्पतालका निमित्त प्रमुख डा.मेघना नेपाल र तुलसीपुर उपमहानगक पालिका वडा नं ८ का वडा सदस्य तुल प्रसाद खरालको बिशिष्ट आतिथ्यतामा आयोजित कार्यक्रममा प्रादेशिक अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. हेमराज शर्मा,जन स्वास्थ्य निरिक्षक बिमल के सी, तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्षहरु झरेन्द्र खरेल,सुर्य प्रसाद शर्मा,बिमल पौडेल,दिपेश भण्डारी,मेघराज घिमिरे,मोहन सुनार,नारायण भट्टराई एवम् निवर्तमान अध्यक्ष केशव राज के सी तथा श्रीकृष्ण मन्दिर व्यवस्थापनका सदस्य मुक्ति प्रसाद न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
तुलसीपुर नगर जेसीजका प्रवक्ता एबम् सो कार्यक्रमका संयोजक बुद्धिराज सापकोटाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष झरेन्द्र खरेल ,मेट्रो अस्पतालका निमित्त प्रमुख डा.मेघना नेपाल ,तुलसीपुर उपमहानगर पालिका वडा नं ८ का वडा सदस्य तुल प्रसाद खराल लगाएतले तुलसीपुर नगर जेसीजले गरेको कार्यको प्रसंशा गरेका थिए।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा तुलसीपुर नगर जेसीजले संचालन गर्दै आएको सो कार्यक्रमले समाजमा एउटा सकारात्मक सन्देश दिएको बताउदै हरेक चाडपर्वमा सार्वजनिक स्थानमा यस्ता मानवताको सेवा मा समर्पित कार्यहरु गर्नुपर्ने सुझाव दिनुभएको थियो।
तुलसीपुर नगर जेसीजका वरिष्ठ सल्लाहकार बिमल वलीले आस्थापाठ गरेका थिय भने कार्यक्रमका अध्यक्ष सालिकराम वलीले कार्यक्रममा उपस्थित हुने र कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।कार्यक्रमको सहजिकरण महासचिव सन्दिप भुसालले गरेका थिए।