समिक्षा योजना निर्माण तथा घुम्तीकोष वितरण कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, ६ भदौ ।
समृद्ध समाज दंगीशरणको आयोजना, सहकर्मी समाजको प्राविधिक सहयोग तथा विकास कोष नर्वेको आर्थिक सहयोगमा समिक्षा योजना निर्माण तथा घुम्तीकोष वितरण कार्यक्रम सिबालय मन्दिर हेकुलिमा सम्पन्न भएकोछ ।

दंगीशरण गाउँपालिकाभित्र ७२ वटा समुह निर्माण गरी महिलाहरूलाई आयआर्जन तथा जिविकोपार्जनको पाटोमा बलियो बनाउन विभिन्न कार्यक्रम गर्दै आएको सस्थाले सोमबार एक कार्यक्रमकाविच घुम्तीकोष वितरण गरेको हो ।


सोमबार एक कार्यक्रमको आयोजना गरी मुल समितीको रोहवरमा १५ वटा समुहका १५ जना किसानहरुलाई उनीहरुको ब्यबसायको मुल्यांकन गर्दै नगद २० हजार र २५ हजारका दरले घुम्तीकोष वितरण गरीएको समृद्ध समाज दंगीशरणका अध्यक्ष दिल कुमारी बिकले बताउनुभयो ।

घुम्ती कोष वितरण कार्यक्रममा विभिन्न किसिमका व्यवसायहरू ९ पशुपालन, चाट पानीपुरी पसल,तरकारी खेती तथा नर्सरी बिउ उत्पादन ० संचालन गर्नका लागि ७ वटै वडामा गठित १५ समूहका १५ जना सदस्यहरूलाई जम्मा ३,६५००० तिन लाख पैसठ्ठी हजारको घुम्तीकोष रकम वितरण गरीएको हो ।