डिजिटल वित्तिय साक्षरता तालिम अनुगमन

देविराम कुसारी
शान्तिनगर, २२ साउन ।
शान्तिनगर गाउँपालिकामा सञ्चालन भैरहेको डिजिल वित्तिय शाक्षरता तालिमको अनुगन भएको छ । तालिमको गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको नेतृत्वको टोलिले अनुगमन गरेको तालिमका प्रशिक्षक पार्वती पुनले जानकारी दिनुभएको छ ।

अनुगमनका क्रममा महिलाले देखाएको सक्रियताले आफुलाई समेत उत्साहित बनाएको भन्दै पालिका अध्यक्ष वस्नेतले महिला नेतृत्व र क्षेमता विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको थियो । अनुगमनका क्रममा पालिकाका प्रवक्ता एंव वडा नम्वर ३ का वडा अध्यक्ष मिन बहादुर केसीले तलिमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिनुभएक थियो ।


समुन्नति डिजिटल फाइनान्स जर्सी ओभरसिस को आर्थिक सहयोग, प्रयाक्टिकल येक्सन नेपालको संयोजन र डिप्रोक्स नेपालको आयोजनामा सञ्चालन भैरहेको तालिमको डिजिटल प्रविधिको प्रयोगका वारेमा जानरी गराउने उदेश्य रहेको छ । तालिममा संस्थाले मोवाईल बैंकिङ कारोवारलाई प्रभावकारी वनाउन सहभागिको मोवाईलमा पैसा राखेर प्रयोगात्मक अभ्यास समेत गराएको छ ।

त्यसै गरी स्थानिय महिलाहरुको कार्य बोज कम गरि नेतृत्व बिकास र ब्यबसायमा जोड्दै डिजिटल माध्यमबाट करोबार गरि आत्मनिर्भर बनाउने तालिमको थप उदेश्य रहेको प्रशिक्षक पुनले जानकारी दिनुभयो । तालिममा शान्तिनगर गाउँपालिकाका ३ वटा कृषी समुहका गरी ६१ जनाको सहभागिताको सहभागिता रहेको छ ।