नेपाली काँग्रेस तुलसीपुरको सभापतिमा हमाल विजयी, एउटा उपसभापति मात्रै कार्कि प्यानलबाट विजयी

तस्वीर : शरद रेग्मी

तुलसीपुर
१० असोज / नेपाली काँग्रेस तुलसीपुरको सभापतिमा सुरेश हमाल विजयी भएका छन् । १६० मतान्तरले पछि पार्दै हमाल विजयी भएका हुन् । उनले ३६८ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी अनिल कार्कीले २०८ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा हमालकै प्लायनबाट बिनिल केसीले ३५९ मत प्राप्त गरेका थिए । अर्को उपसभापतिमा भने अनिल कार्कीकै प्यानलबाट गौरव सुवेदीले विजयी हाँसिल गरेका छन् । उनले २८५ मत प्राप्त गरेका थिए । उनका प्रतिष्प्रधी हमाल प्यानलका पिमलाल डाँगीले २५३ मत प्राप्त गरेका थिए । साथै उपसभापति पदका उम्मेदवार अशोक कुमार श्रेष्ठ १८९ मत प्राप्त गरेका थिए ।

सचिबमा हमाल प्यानलकै बिमल पौडेलले ३२९ मत र सुशील वलीले २७५ मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी भोजराज न्यौंपानेको २१७ र परशुराम चौधरीले १७६ मत प्राप्त गरेका थिए ।


त्यस्तै सचिमा स्वतन्त्र उम्मेदवार दिएका तिलकबहादुर बस्नेतको ६९ मत मात्रै प्राप्त गरेका थिए । सहसचिबमा हमाल प्यानलकै शेषमणि भण्डारीले ३५१ मत र  झनकबहादुर बस्नेतले ३३० मत प्राप्त गरि बिजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी अशोक भण्डारीले २१० र तिलसरा वलीले १७६ मत प्राप्त गरेका छन् । तुलसीपुरमा कुल ५९३ मतदाता रहेकोमा ५९१ मत खसेको थियो । साथै सभापतिमा १५ मत बदर भएको भएको थियो । एकजना उपसभापति बाहेक पदाधिकारीमा सबै हमाल प्यानलबाटै विजयी भएका छन् ।

हमाल दिपक गिरीको प्यानबाट उम्मेदवार बनेका थिए, भने कार्की गेहेन्द्र गिरीको टिमबाट उम्मेदवार बनेका थिए ।