दंगीशरण–३ तथा हेकुलि स्वास्थ्य चौकीमा वृक्षरोपन

प्रमोद आचार्य
दंगीशरण, ३१ असार ।
‘रुख रोपौ पर्यावरण जोगाऔं’ भन्ने मुल उदेश्यका साथ दंगीशरण गाउँपालिका वडा नं. ३ को आयोजनामा वडा नं. ३ को परीसर तथा हेकुलि स्वास्थ्य चौकिको परीसरमा वृक्षरोपण गरीएकोछ ।

                                                       

वडा नं. ३ को सक्रियतामा विभिन्न जातका ६० बोट बिरुवा रोपिएको वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बताउनुभयो । पतन्जलि योग समिती दंगीशरण, वडा कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी,जनप्रतिनिधि तथा स्थानियको सक्रियतामा वृक्षरोपण गरीएको थियो ।

वडा तथा चौकि परीसरमा टिमुर,कपुर,लिच्ची,आप दालचिनि,अम्बा,छतकुन,घ्युक्वारी,पारीजात,गुल्मोर,श्रीखण्ड तथा विभिन्न जातका फुलहरु रोपिएको थियो । वृक्षरोपण सङ्गै सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बढ्दो जलवायु परीवर्तनको असरलाई कम गरी पर्यावरणिय स्व्च्छता कायमगर्न पनि वृक्षरोपणको महत्त्व रहेको बताउनुभयो ।


पछिल्लो समय श्रमदान प्रती नागरीको चासो घट्दै गइरहेको प्रती दुःख ब्यक्त गर्दै हरेक सामाजिक काममा नागरिकको उत्तरदायित्व र सक्रियता बढ्नुपर्ने बताउनुभयो ।