मोटरसाइकल दुर्घटनामा परी शिक्षक अधिकारीको निधन

तुलसीपुर, १९ असार ।
दाङमा मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर– ११ उरहरीका ५५ वर्षका खोपिराम अधिकारी रहेका छन । अधिकारीको टाउको र अनुहारमा चोट लागेको थियो ।

उनको बाँकेमा उपचारको क्रममा ज्यान गएको आफन्तीले जानकारी दिएका छन । उनी आवि कटाहाका प्रधानाध्यापक हुन । गएको शुक्रबार बिहान दुई मोटरसाइकल एकआपसमा ठोक्कीदा उनि सहित ४ जना घाइते भएका थिए ।

तुलसीपुर–अमेलिया सडकखण्ड अन्तर्गत तुलसीपुर–६ बुद्ध चोक नजिकै रा १ प ८४४६ नम्बरको मोटरसाइकल र रा ४ प २८६६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएका थियो ।


तुलसीपुर उपमहानगरद्धारा दुःख व्यक्त
यसैविच शिक्षक खोपीराम अधिकारीको निधनमा तुलसीपुर उपमहानगरले दुःख व्यक्त गरेको छ । उपमहानगरका नगर प्रमुख टिकाराम खड्का, सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत र शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले दुख व्यक्त गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन ।

शिक्षित समाज निर्माणमा अधिकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै दुस्खद निधनले अतुलनिय क्षती पुगेको उल्लेख गरेका छन ।