दंगीशरण ४ मा जेष्ठ नागरिकलाई सम्मान

प्रमोद आचार्य
दंगीशरण, २८ जेठ ।
दंगीशरण गाउँपालिका वडा नं. ४ ले जेष्ठ नागरीकलाई सम्मान गरेको छ । वडाले आज एक औपचारीक कार्यक्रमको आयोजना गरी आफ्नो वडाभित्र रहेका ७३ देखी ७६ बर्ष उमेर समुह सम्मका ३० जना जेष्ठ नागरीकलाई नगद ,खादा, र सम्मान पत्रका साथ सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफु निर्वाचित भएर आइसकेपछी जेष्ठ नागारीकलाई समेट्ने थुप्रै कामहरु गरेको बताए । जेष्ठ नागरिकका लागी सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण देखी श्रवण सक्ती बढाउने उपकरण वितरणसम्मका कार्यक्रमहरु सम्पन्न गरीएको जानकारी गराए ।


यस्तै कार्यक्रममा बोल्दै वडा नं.४ का वडा अध्यक्ष कमल थारुले आर्थिक वर्ष २०७९/८० को स्वीकृत विर्षिक कार्यक्रम अनुसार जेष्ठ नागरीकलाई सम्मान कार्यक्रम आयोजना गरीएको बताए ।

सम्मान कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष कमल थारुको सभापतित्व तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिकाका सुचना अधिकृत टेक बहादुर खत्रीले गरेका थिए ।