युनाइटेड एकाडेमीद्वारा वातावरण दिवसमा वृक्षारोपण

दाङ, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसर पारेर तुलसीपुर ३ दमारगाँउमा रहेको युनाइटेड एकाडेमी आज वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण गरौँ,वातावरण सफा राखौँ भन्ने उदेश्यका साथ विद्यालयको परिसरमा वृक्षारोपण रोपन गरिएको छ भने पलास्टिकजन्य प्रदुषण निर्मूल पारौँ ,वातावरण मैत्री विकल्पको उपयोग गरौँ । भन्ने मुल नारालाई आत्मसाथ गर्दै विद्यालय तथा तुलसीपुर ३ काे वडा कार्यालय परिसर वरिपरि यस विद्यालयका विद्यार्थीको सहभागितामा सरसफाइ गरिएको थियोे ।


साथै विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धिका लागि पलास्टिक जन्य प्रदुषण निर्मूल पारौँ,वातावरण मैत्री विकल्पको उपयोग गरौँ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।साे प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।

जसमध्ये गौरब तिवारी प्रथम,विहानी वि.क.दितिय र सुनिल भट्टराई तृतीय भएका थिए । बिद्यालयका पिन्सिपल कुलदिप गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो । निर्नायक मण्डलको नेतृत्व सम्हाल्नु भएका शिक्षक मनोजले विद्यार्थीको क्षेमताको मापन गर्नुभएको थियो । विद्यालयका सहायक पृन्सिपल बिष्णुकमल न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक खिम संगीत भट्टराईले गर्नुभएको थियो ।