कृषि औजार सामाग्री हस्तान्तरण

प्रमोद आचार्य
दाङ, २१ जेठ ।
दंगीशरण गाउँपालिकाका काउलि कृषक समुह दंगीशरण १ रामपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको ५० प्रतिशत आर्थिक सहयोगमा मकै पकेट कार्यक्रम कृषि औजार सामाग्री हस्तान्तरण कार्यक्रम वडा नं. १ को रामपुरमा सम्पन्न भएको छ ।

संघिय कार्यक्रम अनुसार कृषि समुहरुको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषी औजारहरु हस्तान्तरण गरीएको दंगीशरण कृषि शाखा प्रमुख सरु भुषालले बताउनुभयो । दंगीशरण वडा नं. १ स्थित काउलि कृषि समुह,त्रीमुर्ती कृषि समुह,सिद्धबाबा कृषि समुह,र श्रीजना कृषि समुहाका सदस्यहरुलाई कृषि औजार सामाग्री हस्तान्तरण गरीएको हो ।

विभिन्न कृषि समुहबाट आएका किसानहरुलाई कम्बाइल मिल ७ वटा,३ वटा पम्पसेट,१ एच पि १३ वटा, २ एच पि २ वटा, ठुलो त्रीपाल ४० थान,सानो त्रीपाल ६० थान, ज्याप पलास्टर २ वटा, कर्णसेलर १ वटा लगाएतका सामाग्री समुहहरुलाई हस्तान्तरण गरीएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष सम्भु गिरीले आफुहरु अफ्नो पालिकाको कुन वडामा कुन कृषि सम्भावना रहेको छ ।


त्यसको मुल्यांकन गरी कृषि पकेट कार्यक्रम अगाडी बढाइरहेको बताउनुभयो । वडा नं.१ को रामपुर मकै पकेट कार्यक्रमको लागी उपयुक्त स्थान रहेको बताउदै त्यहाँको माटो मकैका लागी उत्पादनशिल रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले आफ्नो वडा कृषिको उर्भर वडा रहेकाले पनि वडाबाट छुटाइने बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

कृषि औजार हस्तान्त्रण कार्यक्रम काउलि समुहका छिपेन्द्र चौधरीको सभापतीत्व, गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता तथा वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको विशिष्ट आथित्यतामा कृषि औजार सामाग्री हस्तान्तरण गरीएको हो ।