राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं, २१ फागुन ।
सोमबार दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।


यस्तै, सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि फागुन २४ गते सम्मका लागि स्थगित भएको छ ।