एसईई दिएर बसेका विद्यार्थीलाई गाउँपालिकाद्धारा निःशुल्क बृजकोर्ष र कम्प्युटर कक्षा

प्रमोद आचार्य
दंगीशरण, २८ बैशाख ।
दाङको दंगीशरण गाउँपालिकाले एसईई दिएर बसेका विद्यार्थीहरुकालागी निःशुल्क बृज कोर्ष कक्षा सञ्चालन गरेको छ । बुधबार एक कार्यक्रमका बिच बृजकोर्ष तयारी कक्षा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले शिक्षामा आफुले आमुल परीवर्तन चाहेको र आफ्नो पालामा कुनै विद्यार्थी आर्थिक समस्याले पढाइ बाट बन्चित हुन नपरोस भन्दै बृजकोर्षको संचालन गरीएको अध्यक्ष गिरीले बताउनुभयो ।

एसईई दिएर बृज कोर्ष पढ्न तुलसीपुर घोराही जानु पर्ने र आर्थिक समस्या भएका विद्यार्थीहरुलाई आफ्नै घर नजिक निःशुल्क रुपमा शिक्षा हासिल गर्न सकुन भन्ने उदेश्यका साथ गाउँपालिकाले निःशुल्क बृज कोर्ष तयारी कक्षा सञ्चालन गरीएको गिरीले बताउनुभयो ।


यस्तै वडा नं. ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितीका संयोजक रोशन जंग शाहले आफुहरु यहाँका विद्यार्थीहरुको माग र इच्छाको आधारमा विद्यार्थीहरुलाई फाइदा हुने र सहयोग मिल्ने कार्यक्रमहरु अगाडी बढाउने सोचमा रहेको बताउनुभयो ।

दंगीशरणको समग्र शिक्षा अवस्थाको सुधार र गुणस्तरका लागी योजना तथा कार्यबिधि बनाइ अगाडी बढिरहेको बताउनुभयो । अङ्ग्रेजी ,बिज्ञान,गणित बिषयका लागी निःशुल्क कक्षा सञ्चालन गरीएको बताउनुभयो । कार्यक्रममै विद्यार्थीहरुले कम्प्युटर कक्षाको माग गरेपछि अध्यक्ष गिरीले विद्यार्थीहरुलाई कम्प्युटर कक्षा पनि निःशुल्क रुपमा बिहिबार देखीनै सञ्चालन गर्ने गरी प्रबन्ध मिलाउन शिक्षा साखालाई जानकारी गराउनुभयो ।