गरर्या कुसुम्हयाको सम्मेलन

सुशील बस्नेत
दाङ, २६ चैत ।
थारु समुदायको गरर्या कुसुम्हया गोट्यारको प्रथम राष्ट्रिय सम्मेलन दाङको भोजपुरमा शनिबार सम्पन्न भएको छ । सम्मेलनले चुर्ण बहादुर चौधरी –दाङ अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन गरेको छ ।

उपाध्यक्षमा महेश चौधरी – कैलाली,सचिब–श्रम लाल चौधरी दाङ्ग,कोषाध्यक्ष देबेन्द्र चौधरी–बर्दिया र सह–सचिबमा राज बहादुर चौधरी–बाके चयन हुनुभएको हो । सदस्यमा जयन्त चौधरी–दाङ–रबी चौधरी–दाङ, बिक्रम चौधरी–कैलाली, अन्स बहादुर चौधरी–बर्दिया,मान बहादुर चौधरी–कन्चन्पुर, सिता चौधरी – कैलाली, रमादेवी चौधरी–बर्दिया र धनिराम चौधरी–कन्चन्पुर चयन हुनुभएको छ ।

जेष्ठ नागरिक दाङ रामपुर लद्दु चौधरीको अध्यक्षता एवम गुरुवा तथा जेष्ठ नागरिक नन्दलाल चौधरीको प्रमुख अतिथीत्यमा सम्मेलनको उदघाटन गरिएको थियो । सम्मेलनमा दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली र कंचनपुर गरि ६ जिल्लाका ५ सय बढिको सहभागिता थियो ।

सम्मेलनमा गरर्या कुसुम्हया गोट्यारको कार्यपत्र थारु बुद्धिजीबी एवम कार्यपत्र तयारी समितिका संयोजक चुर्ण बहादुर चौधरीले प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले थारु समुदाय दाङबाट क्रमशः बुरान अर्थात पश्चिम नेपालका बाके, बर्दिया , सुर्खेत , कैलाली र कंचनपुर बसाई सराई गरेको बताएका छ्न ।


बसाइँसराइका कारण सीप र पहिचान भए पनि हराउदै गएको बताएका छ्न । जानी नजानी सीप हस्तान्तरण नगर्दा गुम्दै गएको बताएका हुन । गुरुवाले गुरु मन्त्र जानी जानी आफ्नो चेलालाई न सिकाउने,छत्री, ढकिया, डेल्या जस्ता कयौ सीप भएपनी निरन्तरता दिनेर सीप हस्तान्तरण नगर्दा हराउदै गएको बताएका छ्न ।

कार्यक्रममा कैलालीका थारु बुद्धिजीबी फुलाराम चौधरी,दाङका आशाराम चौधरी , कैलाली गोदावरी जोनापुरकी महतवा सीता चौधरी, कंचनपुर बेदकोटका मान बहादुर चौधरी,दाङ मानपुरका रबि चौधरी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा दाङ बाके, बर्दिया कैलाली र कंचनपुर जिल्लाको थारु समुदायको पहिचान झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम संचालक – कैलालीका महेश चौधरीले गर्नुभएको थियो । भने स्वागत मन्तव्य आयोजक मुल सिमितका सदस्य दाङमोतिपुरका जयन्द्र चौधरीले गर्नुभएको थियो ।