आजाद खड्का
म पराय जसो निदरीमा सपना कमै देख्छु । पराय जसो विपनामै सपना देख्ने वानी छ । मैले देख्ने सपनामा म त्यति विश्वास गर्दिन। तर, यो पटक देखेको सपनाले मलाई रातभरी निदाउन दिएन। मलाई चिन्ताले निकै पिरल्यो । १ः०० तिर बिउझिएको करिब बिहानको ५ः०० सम्म निद लागेन । अनि म उठेर मर्निङवाक हुँदै ७ वजे तिर पशुपति डेरीमा बसेर ‘दुधको चिया र पशुपंक्षिको मासु’ नखाने घोषणा समेत गरे । तर, त्यसै दिन अप्रिलफुल रहेछ । कमरेड केपी भण्डारी र भिमार्जुनले अप्रिलफुल भएकोले विश्वास हुदैन भन्नू भयो । तर, मैले विश्वास दिलाउछु भनेर बाचा गरे । सपनामा मैले देखेका र सुनेका वहसका विषय तपशिल रहेका छन् ।
१.जनयुद्ववारे सुरूमै विवाद
कमरेड केपी र प्रचण्डका बीचमा भेट भयो। सायद त्यो दाङको संस्कृत विश्व विद्यालय अगाडि हो।
– प्रचण्ड–कमरेड पुष्प कमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई कमरेड अभिवादन भने ।
– कमरेड केपी–केपी कमरेडले अभिवादन भन्दै तिमिले जनयुद्व दिवश भनेर फागुन १ गतेलाई किन राष्ट्रिय विदा दिएको? अझ त्यसलाई राष्ट्रिय क्यालेन्डरमा समेत प्रकाशनका कुरा गर्ने? भनेर कड्कीय ।
-कमरेड प्रचण्ड–मलिनो अनुहार बनाउदै जनयुद्वलाई त्यसरी अपमान गरेर बोल्न भएन । त्यो त सामन्तवाद विरूद्व गरेको विद्रोह थियो। त्यस्तो महान अभियानलाई हिंसा, हत्या र आतंकको सुरूवात भनेर प्रचारवाजीमै जुटेका छौं? तिमि जतिको नेताले समाज विज्ञानको नियम विपरित किन बालेका छौं?
– कमरेड केपी–जनयुद्वका नाममा किन हत्या हिंसा गरेको? त्यति राम्रो बहुदलिय व्यवस्था हुदा हुँदै किन युद्व गरेको हो? यहि व्यवस्थामा आउनु थियो भने किन १७ हजार मानिस मारेको ?
२.जनआन्दोलनप्रतिको गुनासो
– कमरेड प्रचण्ड– कमरेड पहिलो कुराः यदि तिमिहरूले २००७ सालमा र २०४६ सालमा भएको आन्दोलनलाई उत्कर्षमा पु¥याएको भए हामीले २०५२ फागुन १ गतेबाट जनयुद्वको शंखघोष गर्नु पर्ने थिएन । दोस्रो कुराः तिमि आफै सहभागी भएको २०२८ सालको झापा विद्रोहलाई तार्किक निश्कर्षमा पु¥याएको भए हामीले जनयुद्व पनि गर्न नपर्ने र १७ हजार मानिसको ज्यान पनि जाने थिएन । तेस्रो कुराः तिमिहरूले गरेको ऐतिहासिक गल्ती सच्याएर धोका पाएका जनतालाई न्याय दिन हामीले जनयुद्व गर्नु प¥यो ।
– तिमिहरूको पहिलो गल्ती
तिमिहरूले गरेको झापा विद्रोह (घोषणा र स्थगन) को त टुंगो भएन। कम्तीमा २००७ साल र २०४६ सालमा तिमिहरूले परिवार, निजी सम्पती र राज्यसत्ताको उत्पत्तीको नियम लागू भएन । राज्यसत्ता भनेको परिवारको नीजि सम्पति रक्षाका लागि निर्माण गरिएको राज्यसत्तालाई यथार्थमा बुझिएन । तिमिहरूले राज्यसत्ताको आधार (जग) त्यो व्यवस्थाले अपनाएको उत्पादन प्रणाली हो। त्यो उत्पादन प्रणाली भनेको सामन्तवादी उत्पादन प्रणाली हो ।
संसार २४० वर्ष पहिले सामन्तवादबाट मुक्तिकालागि उदाहरणका लागि सन् १७८८ देखि सन् १७९९ सम्म सामन्तवादका विरूद्व ‘फ्रान्सेली राज्य क्रान्ति’का नाममा ऐतिहाँसिक विद्रोह ग¥यो । हाम्रो देशमा भने त्यहि बेला सामन्तवादको केन्द्रिकरण, एकात्मक व्यवस्था कायम भई सामन्ती उत्पादन प्रणाली लागू भएर आम जनता सामन्तवादको पिंजडामा कैद भएर बस्नु परेको पीडा थियो। ७ साल र ४६ सालको जनआन्दोलनबाट सामन्तवादी उत्पादन प्रणाली कायम रहनेगरी आन्दोलनलाई सम्झौतामा टुंग्याउनु तिमिहरूको गम्भीर गल्ती थियो।
– तिमिहरूको दोस्रो गल्ती
तिमिहरूले पहिलो र मुख्य गल्तीकारूपमा सामन्तवादी उत्पादन प्रणाली यथावत राख्नुका साथै राज्यसत्ताको मुख्य मेरुदण्ड (राजकिय अधिकार भनिने) सेना राजाकै हातमा छोडेर सार्वभौम सत्ता जनतामा निहित भएको संविधानमै उल्लेख भयो। यथार्तमा राजकिय अधिकार विनाको सार्वभौसत्ता हुदैन । जसलाई तिमिहरूले सार्वभौमसत्ता भन्यौं–त्यो नक्कली सार्वभौम सत्ता हो। फलस्वरूप २०१७ साल पौष १ गते र २०५९ साल माघ १९ गते राजाको सनक चढेकोबेला ‘क’ भयो । यो तिमिहरूको दोस्रो गम्भीर गल्ती थियो ।
यहि गल्ती सच्याउनलाई हामीले जनयुद्व गर्नु प¥यो । २०५२ साल फागुन १ बाट सुरू गरेको महान जनयुद्व थेग्न नसकेर सामन्ती राजतन्त्रले व्यवस्थामा ‘क’ ग¥यो। आन्दोलनरत सात राजनीतिक दल र जनयुद्व गरेको तत्कालिन माओवादी बीच सहकार्यको वातावरण बन्यो । २०६२ मंसिर ७ गते दिल्लीमा १२ बुँदे समझदारी भयो। जनयुद्वको जगमा टेकेर १२ बुदे समझदारी भयो । त्यहि समझदारीका आधारमा २०६२/१२/२४ गते देखि २०६३ वैशाख ११ गते सम्म लगातार १९ दिने दोस्रो जनआन्दोलन भए पछि सामन्तवादी उत्पादन प्रणालीको सञ्चालन गर्ने राजतन्त्र र त्यसका नाईके(जसलाई भुपति भनिन्थ्यो) ज्ञानिन्द्र शाह घुडा टेक्दै नागार्जुन गएर बस्न बाध्य भएको कुरा नबिर्स केपी कमरेड ।
– कमरेड केपी–आखिर जनयुद्वका नाममा १७ हजारको ज्यान जाने बाहेक अरू के ग¥यो? यति अहिलेको जस्तो दल खोल्ने, चुन्ने र चुनिने अधिकार त पहिल्यै पनि त थियो । यसैका लागि हिंसा गर्ने? अझ त्यहि हिंसाको सुरूवात गरेको दिनलाई दिवशको रूपमा राष्ट्रिय विदा समेत दिने? आउ तिमिहरूको कथित जनयुद्व कसरी भन्न मिल्छ? संविधानले नचिनेको शब्द जनयुद्व भन्ने? नेपालको संविधानले यसलाई सशस्त्र विद्रोह बाहेक अरू भनेको छैन। आउ वहस गरौ प्रचण्ड कमरेड ।
– कमरेड प्रचण्ड–केपी कमरेड तिमि (एमाले)हरूको समस्या नै यहि हो। जनयुद्वलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी व्याख्याको दृष्टिकोणबाट हे¥यौं भने सहि ठाउँमा पुग्छौं । अन्यथा तिमिहरू सहि निश्कर्षमा पुग्न सक्दैनौं। नेपालको जनयुद्वले पहिलो कुराः सामन्तवादी उत्पादन प्रणालीबाट देशलाई मुक्त ग¥यो। दोस्रो कुराः राज्यसत्ताको मेरूदण्ड सेना (राजकिय अधिकार) सहितको सार्वभौम सत्ता जनतामा निहित बनायो । तेस्रो कुराः सामन्ती राजतन्त्रका ठाउँमा ‘संघिय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ स्थापना ग¥यो ।
चौथो कुराः माथि सबै काम पूरा गर्ने संविधानसभाको चुनाव गराऔं। दुई पटक गरेर भए पनि संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा गरेर विधिगतरूपमा सामन्तवादको अन्त्य र पुँजीवादको स्थापना भयो। संसारबाट २४० वर्ष पछि भए पनि हामी पुँजीवादमा प्रवेश गरेका छौं। यो जनयुद्वकै देन हो। पाँचौ कुराः हामीले परिवर्तनको आधारको रूपमा रहेको ऐतिहाँसिक महान जनयुद्व सुरूवात गरेको दिन फागुन १ लाई जनयुद्व दिवश मानेका छौं र त्यसदिनलाई राष्ट्रिय विदा दिएका हौं। छैठौ कुराः संविधानले नचिनेको जनयुद्व दिवश भन्यौं ।
झापा विद्रोहलाई कुन संविधानले चिन्छ? सुखानी र छिन्ताङका सहिद भनेर किन कुर्लिन्छौं? ती सहिदको रगतमा टेकेर ६ पटक तिम्रोे पार्टीका नेता प्रधानमन्त्री भए । त्यहि बेला ती शहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्नु पर्दैन? आफू केही नगर्ने अनि गर्न लागेकालाई खुट्टा तान्ने? विद्रोहको घोषणा गर्नु पनि छैन । शान्ति प्रक्रियामा आउनुको पनि टुंगो छैन । मै यी विषय बोल्दै गर्दा कतै पनि ती महान सहिदहरूप्रति मेरो कुनै आरोप छैन ।
सम्मान छ ती महान सुखानी र छिन्ताङ हत्याकाण्डमा मारिएका र झापामा मारिएका सहिद चन्द्र बहादुर डाँगीहरूप्रति । बरू जो नयाँ जनवादी क्रान्तिप्रति प्रतिवद्व थिए ती मारिए। जो गद्दार आत्म समर्पणवादीहरू थिए । उनीहरू राजाबाट वक्सिस पाएर जेल जीवन बसे भन्ने बुझाई छ ।
३. झापा विद्रोहसंग जनयुद्वका वारेमा विवाद
– कमरेड केपी–झापा विद्रोहसंग जनयुद्व दाज्न मिल्दैन । त्यो त धेरै अन्तर छ ।
– कमरेड प्रचण्ड– तिमिले सहि भन्यौं केपी कमरेड । झापा विद्रोह र जनयुद्व दाज्न मिल्दैन । यो त आकाश पातालको फरक छ ।
फरक नं.१
हामीले जनयुद्व सुरू गर्न भन्दा पहिले राष्ट्रियता, गणतन्त्र र जनजिविकाका विषयमा ४० बुँदा माग सहित पूरा नभए हामी मुक्तिका लागि सशस्त्र संघर्षमा जान प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग राख्यौं। तर, तिमिहरूले माग राख्ने त परै जावस । राज्यसत्ताका प्रतिनिधि सरकार प्रमुख समेतलाई चिन्नु हुदैनथ्यो।
फरक नं.२
हामीले २०५२ साल फागुन १ गतेबाट नेपालमा क्रान्ति गरेर नयाँ जनवादलाई कार्यनीतिक लक्ष्य बनाउदै वैज्ञानिक समाजवाद/साम्यवादलाई क्रान्तिको रणनीतिक लक्ष्य निर्धारण गरेर मजदुरको नेतृत्व र किसानको सहभागितामा गाउँ देखि सहर झर्ने दिर्घकालिन जनयुद्वलाई राजनीतिक र फौजी कार्यदिशा बनाएर घोषणा सहित अघि बढेका हौं। तर तिमिहरूले चोरले लुकेर चोर्न पसे जस्तै गरि बिना रणनीति, कार्यनीति र कार्यदिशा विद्रोहमा भाग लियौं ।
फरक नं.३
हामीले दोस्रो जनआन्दोलन पछि संयुक्त राष्ट्र संघको निकाय अनमिनलाई साँक्षि राखेर २०६३/०८/०५ गते विस्तृत शान्ति सम्झौता गरेर युद्वको समय सुरू देखि अन्तिमसम्म प्रमाणित गरेर युद्व शान्तिमा बदलिएको घोषणा ग¥यांै। एका तर्फ राज्यसत्ता प्रमुख गिरिजा प्रसाद कोईराला र अर्काे तर्फ विद्रोही प्रमुख मैले (पुष्पकमल दाहाल ‘प्रचण्ड’) हस्ताक्षर गरेका छौं। तर, तिमिहरूको न विद्रोहको घोषणा न शान्तिमा आएको घोषणा छ ।
फरक नं.४
बाह्रबुँदे सहमति अनुरूप माओवादीहरू शान्ति प्रक्रियामा आएर जनमुक्ति सेना, नेपालका योद्वाहरू नेपाली सेनामा समायोजन प्रक्रिया सुरू ग¥यांै । उक्त प्रक्रिया सम्पन्न गर्ने क्रममा अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकू मध्य १५ हजार ६३० जना लडाकू ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्किए भने १ हजार ४२१ जना नेपाली सेनामा समायोजन भए। शुरू देखि उक्त प्रक्रिया पुरा गर्न ६ वर्ष अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकूलाई अनमिन फर्केपछि माओवादी सेनाका लडाकूहरूको रेखदेख, पुनस्र्थापन तथा समायोजन विशेष समितिुले गरेको थियो। ती मध्य २१ असार २०७०मा समायोजित भएर उनीहरू १ हजार ३५१ जना जनमुक्ति सेनाहरू नेपाली सेनामा मध्य ७० जना त अधिकृत तहमा समेत समायोजित छन् । तर, तिम्रो झापा विद्रोहका सेना खोई?
– केपी कमरेड–भारतको निगाहामा समझदारी गरे राष्ट्रवादी ढोंग नगर प्रचण्ड कमरेड?
– कमरेड प्रचण्ड–केपी कमरेड बुझेर बुझ नपचाउ । दिल्लीमा १२ बुँदे समझदारी गर्ने माओवादी माग हो? हामी त रोल्पामा थियौं। तिम्रो पार्टीसंग कमरेड वामदेवको नेतृत्वको टिमसंग हामीले रोल्पामै सहमति गरेको हो। उनीहरू मार्फत गिरिजा बाबू र माधव कमरेडले रोल्पामा वार्ता गर्दा राजाबाट असुरक्षा हुने। त्यो भन्दा दिल्लीमा हामी व्यवस्थापन गर्छाैं । तिमिहरू ती आउभने पछि जे.एन.यु का पूर्व विद्यार्थी भएका नाताले क.डा. बाबुराम भट्टराई मार्फत हामीले पनि व्यवस्थापन गरेर दिल्ली समझदारी भएको हो। हाम्रो प्रस्ताव रोल्पा कै थियो।
४.अबको बाटोका बारेमा विवाद
– कमरेड केपी– तिमिहरूले हिंसालाई दिवश भन्यौं । अझै शान्ति प्रक्रिया टुंग्याउने नाममा हत्या हिंसालाई आम माफी दिने तयारीमा छौं। ख्याल गर हिंसालाई वैधानिकता दिन पाउदैनौं। हामी मान्दैनौं।
– कमरेड प्रचण्ड–
(क) हामीले घोषितरूपमा युद्व घोषणा गरेका हौं। हामीले १० वर्ष युद्व गरेर हजारौ नेपाली आमाका सपुतहरूको त्याग तपश्या, विरता र बलिदानीबाट नेपालमा गणतन्त्र आएको हो । यसलाई संस्थागत गर्नु, शान्ति प्रक्रियाको पूर्णता दिनु हाम्रो दायित्व हो। यो कुरा १२ बुँदे समझ्दारी, विस्तृत शान्ति सम्झौता, नेपालको संविधान २०७२ र संक्रमणकालिन न्यायको सिद्वान्त अनुसार अघि बढिन्छ । यसमा सहमत हुनेहरूसंग सहकार्य, असहमत हुनेहरूसंग संघर्ष गरिनेछ । तिमि संघर्ष होईन, सहकार्य गर्न तयार हुदा देशकोलागि नै फाईदा हुन्छ।
(ख) माथि उल्लेखित विषय पूरा गर्नु हाम्रो पुस्ताको अहं दायित्व हो। त्यस पछि हाम्रो देशको लाइन सुशासनको कार्यान्वयन र समृद्विको यात्रा तिव्र तरिकाले चल्नेछ । यो अभियानले दलाल पुँजीवादी उत्पादन प्रणालीको अन्त्य र प्रगतिशीद पुँजीवादी उत्पादन प्रणालीको लागू हुनेछ। त्यसपछि जनतालाई गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपाति, समावेशीताको महत्व थाहा हुनेछ । यसकालागि हामी १२ बुँदे पक्षधरहरू सहकार्यकालागि सहमत छौं । रोक्न सक्छौं र दम भए रोकेर देखाउ । म भन्छु–जनता झुक्याउन क्षणिक संभव होला । तर, इतिहाँसको पांग्रो पछाडि होईन, अगाडि बढ्छ ।
दुई नेताका बिचमा घम्सा घम्सी परि रहेको थियो । कताबाट प्रदीप ज्ञवाली र विष्णु पौडेल दुवैजना कमरेडहरू हस्याङ फस्याङ गरेर आए । उनीहरू दुवै जनाले नेतृत्वलाई सम्झाउदै भने–‘हेर नेतृत्वद्वय कमरेडहरू हामीले कहिले कसो सदनमा आवेशमा आएर केही गलत बोल्दा तिमिहरूले सम्झाउने–बुझाउने हो। तर, तिमिहरू नै भिड्ने होईन। नेतृत्व त समझदार हुनुपर्छ।’ म यी नेता लड्दा लड्दै र दुवै नव आगन्तुक कमरेडहरूले सम्झाउदै गर्दा झसंग बिउझिए । नेता लडेको सपनामा देखेर आधा रात सुतेन । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २१ चैत्र २०७९, मंगलवार ०८:२९ बजे