टेकराज भण्डारी,
शान्तिनगर, १२ चैत ।
शान्तिनगर गाउँपालिकाले विद्युत विस्तार नभएका बस्तीमा विद्युत विस्तारको योजनालाई अगाडि बढाएको छ ।
शान्तिनगर गाउँपालिकालाई उज्यालोयुक्त गाउँपालिका बनाउनको लागि विद्युत नपुगेका गाउँ बस्तीमा विद्युत विस्तारको कामलाई अगाडि बढाएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिए ।
शान्तिनगर गाउँपालिका वडा नम्बर १, २ र ३ नम्बर वडामा विद्युतको पहुँच पुर्याउनको लागि चालुवर्षमा गाउँपालिकाबाट ३५ लाख र विद्युत प्राधिकरण बाट १ करोड १५ लाख बजेटमा विद्युत विस्तारको काम गर्न लागेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए।
लाइभदाङ । १२ चैत्र २०७९, आईतवार १४:१८ बजे