सल्यानमा चट्याङ लागेर विद्यार्थी घाइते

दाङ, ३ चैत ।
सल्यानमा चट्याङ लागेर दुई विद्यार्थी घाइते भएका छन् । सल्यानको कपुरकोट गाउँपालिका–५ को जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थी घाइते भएका हुन् ।

कपुरकोट गाउँपालिका–५ का कक्षा सातकी १३ वर्षीया यमुना बुढा र त्रिवेणी गाउँपालिका–१ काभ्रा बस्ने जीवनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ की १४ वर्षीया प्रतिभा राम्जा घाइते भएको प्रहरीले जनाएको छ ।


बिहीबार विद्यालयबाट घर फर्क्ने क्रममा चट्याङको झिल्का लागेर घाइते भएका उनीहरूको उपचार राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।