दीपक बोहरा
दाङ,२४ फागुन ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ अध्यापनकालागि अनुमति प्राप्त भएको छ ।
चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि प्रतिष्ठालाई विएनएसकालागि २० र विएससी नर्सिङकालागि २० सिट निर्धारण गरेको हो । आयोगको फागुन १४ गते बसेको बैठकले पठन–पाठनकालागि सिट निर्धारण गरेसंगै प्रतिष्ठानले पहिलो पटक शैक्षिक कार्यक्रम सुरु गर्न लागेको हो ।
अब प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पठनपाठनको ढोका खुल्ला भएको अस्पतालका उपकुलपति डा. विकास लामिछानेले बताए । प्रतिष्ठान बनेसंगै जिल्लामा शैक्षिक कार्यक्रम सञ्चालन गर्नकालागि पहल थालिएको हो । तर, लामो समय सम्म शैक्षिक कार्यक्रम सञ्चालन नहुँदा यस क्षेत्रका नागरिक निराश थिए । पटक–पटक दवावमुलक कार्यक्रम पनि भएका थिए ।
अब भने दाङमा शैक्षिक कार्यक्रम सुरु भएसंगै दाङसहित साबिक राप्तीका विद्यार्थीहरुसमेत लाभाम्बित हुने उपकुलपति डा. लामिछानेले बताए । प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रम सुरु हुन लागेको छ”,उनले भने“यो संगै अब दाङसहित साबिक राप्तीलगायतका विद्यार्थीहरु लाभाम्बित हुनेछन् ।”
कक्षा सञ्चालनकालागि आबश्यक पर्ने नर्सिङ प्राध्यापक नियुक्तीलगायत आबश्यक संरचना, लाइब्रेरी, कक्षा कोठा, अडोटोरियल रूमहरू तयारी अवस्थामा रहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए । उनका अनुसार आयोगले अनुमति दिएसंगै अब भर्ना कार्यक्रम समेत अगाडी बढ्ने छ ।“हामी सबै तयारी यस अघि नै गरिसकेका थियौं, आयोगको निर्णयले नै अल्झाएको थियो”,उनले भने“अब भर्ना कार्यक्रमदेखि आबश्यक सबै काम अघि बढ्छन् ।” प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएसंगै जिल्लाबासी खुसी भएका छन् ।
लाइभदाङ । २३ फाल्गुन २०७९, मंगलवार १७:२० बजे