तुलसीपुर उपमहानगरलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनको ज्ञापनपत्र

तुलसीपुर,१२ फागुन । एकीकृत अखिल नेपाल शिक्षक संगठन तुलसीपुरले शुक्रबार तुलसीपुर उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

शैक्षिक, पेशागत तथा स्थानीय मागहरु राखेर संगठनले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो ।

पालिकाले नमूना विद्यालय छनोट गरि कार्यान्वयन गर्नुपर्ने,विषयगत र विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान गर्नुपर्ने शिक्षा सम्बन्धि हरेक निर्णयमा पेशागत सगठनहरुलाई सहभागिता गराउनुपर्ने, बाल विकास शिक्षक, विद्यालय सहायक कर्मचारी र विद्यालय कार्यालय सहयोगीलाई केन्द्रले निर्धारण गरे अनुसारको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, शिक्षकको पेशागत विकासकालागि कार्यक्रम सञ्चालन गर्नुपर्ने, विब्यस गठनमा पालिकाबाट सदस्य मनोनित गर्ने कार्य बन्द गर्नुपर्नेलगायतका बिभिन्न १५ माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।


संगठनले दाङका १० वटै पालिकामा ज्ञापनपत्र बुझाउनेछ ।

No description available.