अटो चालकमाथि कुटपिट गर्ने तीन जना पक्राउ

दाङ,२ फागुन ।
जिल्ला प्रहरी कार्यालय दाङले अटो चालकलाई कुटपिट गरि गम्भिर घाइते बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

घोराही ५ दलजितपुर धर्नाका बलबहादुर सार्कीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा घोराही ७ सौडियारका बद्रि कुवर, सोही ठाउ निबासी खेमराज भण्डारी र भुबन केसिलाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका मध्य बद्रि यसअघि लुटपाटमा रोल्पामा कारागार सजाय भोगेर छुटेका हुन । कुटपिटबाट अटो चालक सार्कीको आँखा, टाउकोमा गहिरो चोट लागेको छ ।

नैनवारमा बिबाद हुँदा आफु त्यहाबाट भागेर बचेको र पछि मोटरसाईकिलबाट पिछा गरेर ढुङ्गा प्रहार गरेर घाइते बनाएको पिडित सार्कीको भनाई छ । कुटपिटमा सलग्नलाई कारबाही गर्न उनले माग गरेका छन ।