दाङमा माछाले टोक्दा घर्तीको मृत्यु

शिवु खनाल
दाङ, १९ भदौ । अढाई जातको माछाले टोक्दा दाङमा एकजनाको मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो २ बजे घर नजिकैको कुलोमा अढाई माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए र केही बेरपछि घर्ती एक्कासी बेहोस भइ उपचारको लागि लमही अस्पतालमा मृत्यु भएको हो ।


खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'