बत्ति बाल्ने क्रममा करेन्ट लाग्दा दाङमा एक पुरुषको मृत्यु

तुलसीपुर
१८ भदौ / बत्ति बाल्ने क्रममा करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर १० पढ्ढा निवासी ५२ वर्षीय सुरेश डाँगीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।


शुक्रबार बिहान पौने ७ बजे तिर आफ्नै घरको कोठामा बती बाल्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'