दोहोरी साँझमा होहल्ला गरेपछि ७ जना पक्राउ

तुलसीपुर, १७ पुष ।
तुलसीपुरको एक दोहोरी साँझबाट सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार राति साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको राप्ती रोधी घरबाट मापसे गरेर होहल्ला गरिरहेको अवस्थामा सात जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ निवासी ३० वर्षिय भुपाल थापा, तुलसीपुर उपमहानगरपालिका–१० निवासी ३२ वर्षिय मनोज पुन, वडा नं. ७ निवासी २५ वर्षिय जगमत चौधरी, घोराही उपमहानगरपालिका–१४ निवासी ३२ वर्षिय अस्मित थापा मगर, सोही ठाउँ निवासी २६ वर्षिय अभिषेक बुढामगर, २५ वर्षिय प्रेम घर्तिमगर र तुलसीपुर उपमहानगरपालिका–६ निवासी २८ वर्षिय राहुल पुन रहेका छन् ।


पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको पनि केसीले बताए ।