सरस्वति आविमा निर्वाचन हुने

तुलसीपुर,१४ पुस । दाङको दंगीशरण गाउँपालिका वडा नं.३ पदमपुर एकली स्थित सरस्वति आधारभूत विद्यालयको अभिभावक भेला भएको छ ।

नयाँ ब्यबस्थापन समिति गठन गर्ने भनिएपनि विहीबारको भेलाले त्यसलाई टुंगोमा पु¥याउन सकेन् । विद्यालय ब्यबस्थापन समितिको गठनकालागि निर्वाचन हुने भएको छ । ‘सहमति हुन नसकेपछि निर्वाचन गर्ने सहमति भएको हो’ प्रअ ज्योति चौधरीले भने‘केही दिनमा निर्वाचनको सूचना जारी हुन्छ।’


निवर्तमान विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमारी कुँवर योगीको अध्यक्षता तथा वडाध्यक्ष सुकलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा शिक्षक काशिराम चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण प्रधानाध्यापक ज्योति चौधरीले गरेका थिए ।