सिंचाई विस्तार गर्दै ‘सिंचाई डिभिजन’

तुलसीपुर
१६ भदौ / जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुरले सिंचाई विस्तार गरेको छ । कार्यालय प्रमुख गणेश मरासिनीका अनुसार गएको आर्थिक बर्ष २०७७/०७८ मा सिंचाईकालागि १४ वटा बाँध निर्माण गरिएको छ ।

त्यस्तै २५.१५ किलोमिटर पक्की कुलो/नहर संरचना निर्माण भएको, २ वटा लिफ्ट सिंचाई प्रणाली, पाँच वटा सिंचाईकालागि जलासय निर्माण भएको छ । सिंचाई संगै कार्यालयले नदी ब्यबस्थापनकालागि तटबन्ध निर्माणको कार्य समेत गरेको छ । प्रमुख मरासिनीका अनुसार गएको बर्ष १०.७० मिटर तटबन्ध गरिएको छ । जिल्लाका बिभिन्न खोलाहरुमा तटबन्ध निर्माण गरिएको हो ।

साथै कार्यालयले गएको आर्थिक बर्षमा १३ वटा क्रमागत सिंचाइ योजनाहरु सम्पन्न गरेको छ । जसबाट १ हजार ३२ हेक्टर सिंचाइ योग्य जमिनमा सिंचाई पुगेको छ । त्यस्तै ८३ वटा सिंचाइ योजनाहरुको मर्मत, सुधार तथा विस्तार गर्दा एक हजार दुईसय ४५ हेक्टर सिंचाइ योग्य जमिनमा दिगो र भरपर्दो सिंचाइ सुविधा पु¥याउन पुर्वाधार निर्माण भएको छ ।

कार्यालयले हालसम्म ८ वटा जलाशयबाट निर्माण गरेको छ । यसबाट ४५ हेक्टर सिंचाइ योग्य भूमिमा १२ महिना नै सिंचाई सुविधा उपलब्ध भएको छ ।

गएको बर्ष २३ वटा नदी व्यबस्थापन योजनाको काम पनि भएका छन् । जसबाट २०५ हेक्टर खेति योग्य जमिनमा बर्षातको समयमा खोलामा आउने वाढीको कटानबाट हुने क्षतिको जोखिम न्यूनिकरण भएको छ । साथै ६ सय ६१ घरधुरी बर्षातको समयमा खोलामा आउने बाढिबाट हुने क्षतिको जोखिमबाट सुरक्षित भएको छ ।

कार्यालयले जिल्लाका सिंचाइ योग्य जमिनमा बर्षैभरी दिगो र भरपर्दो सिंचाइ सुविधा पु¥याउनको लागि मझौला खालका सतहगत सिंचाइ प्रणालीहरु, लिफ्ट सिंचाइ प्रणालीहरु, नयां प्रविधिमा आधारित सिंचाइ प्रणालीहरु तथा जलाशयमा आधारित सिंचाइ प्रणालीहरुको कार्यान्वयन गर्दै आइरहेको छ ।


साथै बिगतमा निर्माण गरिएका अधुरा तथा प्रभावकारी सेवा दिन नसकेका सिंचाइ प्रणालीहरुको मर्मत, सुधार तथा बिस्तार कार्य हुनुका साथै मझौला नदिजन्य जल उत्पन्न प्रकोप ब्यवस्थापनको काम समेत हुँदै आएको छ ।

May be an image of 1 person and text

May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'