ब्यापारीमाथि हातपात

तुलसीपुर, २६ मंसिर ।
तुलसीपुरमा जारी महोत्सवको विरोधमा उत्रिएका ब्यबसायीमाथि हातपात भएको छ । तुलसीपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीमाथि उपमहानगरपालिकाका जनप्रतिनिधिले हातपात गरेका हुन् । विहान १० बजेतिर उपमहानगरपालिकाको गेटमा पुगेका ब्यापारी र जनप्रतिनिधिबीच जम्का भेट हुँदा हातपातको अबस्था सिर्जना भएको हो ।

वार्ताका लागि बोलाइएका ब्यापारी नेताहरुले तुलसीपुरका मेयर टीकाराम खड्काले गेटमा तैनाथ प्रहरीलाई लाठी ठोक्न निर्देशन दिएपछि हातपातको अबस्था सिर्जना भएको हो

भण्डारीमाथि तुलसीपुर–१८ का वडाध्यक्ष माधव वलीले छातिमा समातेर लड्न आएको हो भनेर भनेपछि स्थिति तनावपुर्ण बन्न पुग्यो । तुलसीपुर – ११ का वडाध्यक्ष मानबहादुर रावतले पनि त्यसैगरि भिड्ने हिम्मत छ भन्दै केटाहरु ल्याएर आउन चेतावनी दिए ।


यो विषयमा तुलसीपुर उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै दोषीमाथि कारवाहीको माग समेत गरेको छ । यदि माफी नमाग्दासम्म आन्दोलन फिर्ता नलिने संघका महासचिब विनिल केसीले विज्ञप्ति जारी गरि जानकारी दिए ।

त्यस अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विवाद समाधान गर्न पहल थालेका बताए । मंसिर १५ गते स्थानीय सरकार , प्रहरी प्रशासनसहित ब्यबसायीका बीचमा सहमति भएको थियो । तर, त्यो सहमति कार्यान्वयन नगरेको भन्दै संघले विरोध जनाएको छ । आईतबारदेखि तुलसीपुरमा महोत्सव जारी छ । मेला संचालन गर्दा त्यहाँ राखिने स्टल वा सामान बाणिज्य संघ र च्याम्बर अफ कमर्शको सिफारिसमा मात्रै राखिने भन्ने कुरा सहमति भएको थियो ।