दाङका खत्रीलाई भारतबाट फर्किने क्रममा अपहरण गरि हत्या

तुलसीपुर,२५ कात्तिक ।
दाङका एक ब्यक्तीलाई भारतबाट फर्किने क्रममा हत्या गरिएको छ । बबई गाउँपालिका वडा नंं. २ कालामाटा निवासी ४६ बर्षीय भिमबहादुर खत्रीलाई अज्ञात समूहले अपहरण गरि हत्या गरेको हो । उनीसंग भएको रकम सबै लुटपाट गरि हत्या गरिएको उनका आफन्ती यज्ञ वलीले बताए ।


उनीसंगै आउने क्रममा उनका भाई ३६ बर्षीय पोष्टबहादुर खत्री अज्ञात समूहले कुटपिट गर्दा घाइते भएका छन् । उनीहरु कात्तिक २१ गते घर आउने क्रममा सम्पर्क विहीन भएपछि खोजलतास गर्दा यस्तो भेटिएको हो । खत्रीको शवलाई दाङ ल्याएर आज अन्त्येष्टी गरिएको छ ।