तुलसीपुर,२८ असोज ।
दाङको तुलसीपुर ६ स्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः बासुदेव आचार्यलाई चयन गरिएको छ । संस्थाको शुक्रबार भएको १५ औं बार्षिक सधारणसभा तथा छैठौ अधिवेशनबाट सर्वसम्मत रुपमा पुनः आचार्यलाई चयन गरिएको हो ।
जसको उपाध्यक्षमा टोपबहादुर महतारा, सचिबमा भिमलाल मरासिनी र कोषाध्यक्षमा पदम कुमार ज्ञवालीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा किरण विश्वकर्मा, शिवराज धिताल, खेमराज आचार्य, महिला सदस्यहरुमा निर्मला डीसी, धनकुमारी खड्कालाई चयन गरिएको छ । त्यस्तै लेखा समिति संयोजकमा लक्ष्मण पोखरेल, सदस्यहरुमा हरि डीसी र भोजराज लामिछानेलाई चयन गरिएको छ ।
२०६४ सालमा स्थापना भएको सहकारीमा २९० पुरुष र १५९ महिला गरी ४४९ जना शेयर सदस्य छन् । सहकारीले गएको बर्ष ५ करोड ९१ लाख २३ हजार ३ सय २४ रुपैँयाको कारोबार गरेको छ, भने ४ लाख १६ हजार ५ सय ४१ खुद नाफा भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले आर्थिक उत्पादनको क्षेत्रमा सहकारी संस्थाको महत्वपुर्ण भूमिका रहेको बताए । उनले बैंकहरुले पैसा अभावकै कारण लगानी गर्न समस्या भईरहेको समयमा राज्यको असफल्तालाई सफल्तामा परिणत गर्न सहकारी संस्थाहरुले साथ दिएको बताए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुप बहादुर खत्री, राष्ट्रिय सहकारीका बैंक तुलसीपुरका प्रबन्धक अजय रोका, संस्थाका सल्लाहाकार बिनोद शर्मा, बलदेव शर्मा,सेयर सदस्य तथा तुलसीपुर ६ का निवर्तमान वडाध्यक्ष नवराज लामिछाने लागयतले बोलेका थिए । उक्त अवसरमा जेष्ठ शेयर सदस्य, असल वचत कर्ता, असल ऋणीहरुलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष केशव राज सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा धन्यवाद ज्ञापन सदस्य राधा पोखरेलले गरेकी थिइन । त्यस्तै आर्थिक प्रतिबेदन कोषाध्यक्ष शालिकराम वली, सांगठनिक प्रतिबेदन सचिब भिमलाल मरासिनीले प्रस्तुत गरेका थिए ।
लाइभदाङ । २८ आश्विन २०७९, शुक्रबार १६:१० बजे