तुलसीपुुरमा करोडौंको लगानीमा ‘मार्ट’ सञ्चालनमा आउँदै

तुलसीपुर
७ भदौ / तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदनआश्रित चोकमा करोडौंको लगानीमा मार्ट सञ्चालनमा आउन लागेको छ । युवाहरुको लगाानीमा ‘नायक मार्ट’ सञ्चालनमा आउन लागेको हो ।

ग्रहाकहरुलाई एकै स्थानबाट सबै सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त मार्ट सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मदन खत्रीले बताउनुभयो । तीन जनाका युवाको लगानीमा उक्त मार्ट सञ्चालनमा आउन लागेको र केही दिनमै उद्घाटनको तयारी रहेको उनले बताए ।

मदनसहित जगदिश क्षेत्री र जनककुमार खत्रीको संयुक्त लगानीमा उक्त मार्ट सञ्चालनमा आउन लागेको हो । मार्टमा खाद्यान्न, कस्मेटिक, इलेक्ट्रिोनिक, पेय पदार्थ, किचेनका सामग्री, होम डेकोरलगायतका सम्पूर्ण सामग्रीहरु उपलब्ध हुने उनीहरुले बताए । ग्रहाकहरुको माग अनुसार उक्त मार्ट सञ्चालनमा ल्याईएको हो ।


बजार घुम्दा घण्टौं लाग्ने भएकाले एउटै स्थानमा सुपथ मूल्यमा सामग्री पाइने सञ्चालक खत्रीले बताए । अन्य मार्ट भन्दा फरक शैलीबाट सञ्चालनमा ल्याउन लागिएको हो ।