बबई गाउँपालिकामा सहिद स्मृति सभा सम्पन्न

हापुरे, २० माघ ।
दाङको बबई गाउँपालिकाको हापुरेमा सहिद स्मृति सभा सम्पन्न भएको छ। सहिद स्मृति प्रतिष्ठान दाङको आयोजनामा सभा सम्पन्न भएको हो ।

सहिद स्मृति प्रतिष्ठान दाङका अध्यक्ष अम्मर बहादुर खड्काको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङका भुपु सभापति बिरु केसरी गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिशिस्ट अतिथिहरुमा सम्विधानसभा सदस्य बुद्धिराम भण्डारी, नेपाली काङ्ग्रेस दाङका भुपु सभापति द्वय घनश्याम रेग्मी र भरत केसी नेपाली काङ्ग्रेस दाङका उपसभापति कमान सिङ भारती रहनुभएको थियो ।


सहिद स्मृति प्रतिष्ठान दाङको कोषाध्यक्ष राम बहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा गोमा रावत , बम बहादुर डिसी, भुप बहादुर डाँगी, कमल किसोर घिमिरे, बद्री खड्का,भिम प्रकाश खड्का, बम कुमारी खड्का, टेक बहादुर वली, जित बहादुर केसी , सुवोध डाँगी, जनक खराल लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सहिद स्मृति प्रतिष्ठान दाङका सचिव पर्साराम भुषालले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजिकरण शिव शर्माले गर्नुभएको थियो । कार्यक्रमको ब्यबस्थापन नविन योगी, डिल्ली पौडेल,प्रदिप पौडेल हुमबहादुर केसी लगायतकाले गर्नु भएको थियो। कार्यक्रममा सहिदका बारेमा चर्चा गर्दै सहितका सपना साकार पार्नमा लाग्नुपर्ने प्रतिबद्धता समेत गरिएको थियो ।