
तुलसीपुर, ११ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङको दंगीशरण ३ चखौरामा रहेको थारु संस्कृतिक संग्राहलयको अवलोकन गरेका छन् ।
शुक्रवार उनले संग्राहलयको अवलोकन गर्दै दक्षिण एशीयाकै राम्रो र महत्वपूर्ण संग्रालय रहेको बताए ।
उनले संग्राहलयले पर्यटन, प्रबद्र्धन, थारु संस्कृतिको संरक्षण,इतिहासको संरक्षण र प्रबद्र्धनमा ठूलो योगदान र भूमिका खेल्ने समेत बताए ।
संग्राहलयको महत्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए । चौधरीले थारुहरुको इतिहास जिवन्त राख्न संग्राहलयको परिकल्पना गरिएको बताए ।
संग्राहलयको अवलोकन पछि पूर्व मन्त्री रेखा शर्माले थारुको इतिहास र संस्कृति, चालचलन, रहनशहन रितिरिवाज दर्साएको बताए ।
उक्त संग्राहलयमा देशै भरका थारु समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका बस्तुहरु राखिएको छ ।



लाइभदाङ । ११ माघ २०८१, शुक्रबार १७:३३ बजे