उपमहानगरपालिकाको लाखौं ऋण उठेन

तुलसीपुर,१६फागुन ।
तुलसीपुर उपमहानगरपालिकामा रहेको साझेदारी विकास कोषबाट लगानी भएको ऋण रकम लामो समयदेखि असूल हुन सकेको छैन । २०६५ साल तिर उक्त कोष तत्कालिन नगरपालिकामा हस्तान्तरण भयो । त्यो भन्दा अघि गाउँनगर साझेदारी कोषका नामबाट सञ्चालन भएपनि नगरपालिकामा हस्तान्तरण भएपछि साझेदारी विकास नाम राखियो । त्यो कोषको रकमबाट २०६५ सालदेखी ऋण लगानी भएपनि उठेको छैन ।

तत्कालिन अबस्थामा नगरपालिकालाई ८६ लाख रुपैँया हस्तान्तरण भएको थियो । तर, अहिले ६६ लाख १९ हजार ७ सय ३४ रुपैँया मात्रै बैंक मौज्दात रहेको समाज कल्यान इकाइमा कार्यरत नायब सुब्बा होमवहादुर वलीले बताउनुभयो । उहाँका अनुसार कोषबाट ३९ लाख २१ हजार २६ रुपैँया लगानी भएको छ । त्यो लगानीलाई उठाउन नसकिएको वलीले बताउनुभयो ।

ऋण रकम तिर्नकालागि पटक–पटक सूचना जारी गरेको समेत गरिएको छ । सूचना जारी गर्दा १२ वटा समूहले लगानी फिर्ता गरेको भएपनि अझै एकसय १४ समूहले फिर्ता नगरेको वलीले बताउनुभयो । “हामीले पटक–पटक सूचना जारी गरेका छौं”,उहाँले भन्नुभयो“ तर, कसैले पनि फिर्ता गर्न चासो देखाउनु भएको छैन ।”


विपन्न परिवारलाई ब्यबसायमा जोड्नकालागि यो कार्यक्रम सञ्चालनमा गरिएको हो । त्यसकालागि बिभिन्न समूह तथा टोल विकास संस्थाहरुलाई त्यो कोषबाट रकम प्रदान गरिदै आईएको छ । तत्कालिन तुलसीपुर नगरपालिका भित्रका ९८,विजौरी गाबिसका २ र नारायणपुर गाविकासका १४ जनाले कोषबाट लिएको ऋण फिर्ता गरेका छैनन् ।

कोषबाट लिएको ऋण उठाउनकालागि पटक–पटक सार्वजनिक सूचना पनि जारी गरिएको छ । त्यतिगर्दा ऋण फिर्ता नभएपछि वडा तथा नगरबाट दिईने सबै सेवा सुविधा बन्द गर्ने कार्यपालिकाले निर्णय पनि गरेको थियो । तर, त्यो निर्णय सम्बन्धित वडाले कार्यान्वयनमा गरेनन् ।

जसले गर्दा पनि कोषको रकम उठन नसकेको वलीको भनाई छ ।“ऋण लिएकाहरुले नतिरे पछि कार्यपालिकाले नै वडाको सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको थियो”,उहाँले भन्नुभयो“तर, त्यो निर्णय वडाले कार्यान्वयन गरेन ।” ऋण फिर्ता गर्दा ब्याजमा ५० प्रतिशत छुट समेत गर्ने समेत निर्णय भयो ।

ऋण रकम उठाउनकालागि उपमहानगरपालिकाको कार्यपालिकाले बैठकले छानविनकालागि समिति बनाएको छ । तर, त्यो समितिले काम गरिरहेको उपमहानगरपालिकाका प्रबक्ता तथा छानविन समितिका संयोजक माधव वलीले बताउनुभयो ।