तुलसीपुर १६ मा तिजमिलन कार्यक्रम

तुलसीपुर
४ भदौ / तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ ले तिज मिलन कार्यक्रम गरेको छ ।

वडाको आर्थिक सहयोगमा शनिबार कार्यक्रम भएको हो । डिला सुवेदीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानीय चौधरीको प्रमुख आतिथ्य एवं वडाध्यक्ष सिवानन्द डाँगीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले तिजभड्किलो बनाउन नहुँने बताए ।

त्यस्तै वडाध्यक्ष डाँगी तिजको संस्कार र संस्कृतिलाई जोगाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । अगामी दिनमा बिभिन्न तिज नृत्य प्रतियोगिता गर्ने समेत बताएका थिए । कार्यक्रममा बिभिन्न टोल तथा समूहबाट आएर नाच प्रस्तुत गरेका थिए ।


त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य रिखा शर्मा, वडा सदस्यहरु पार्वति कामी, देवबहादुर चौधरी, मोहन चौधरी, भिमसेन डाँगी, एमाले जिल्ला कमिटि सदस्य अमर खड्का, माओवादी केन्द्र तुलसीपुर कार्यलय सदस्य मिनराज वली, वडा इञ्चार्ज कृष्ण बस्नेत, पशुपति मावि हरिपौरीका प्रधानाध्यापक रुद्रबहादुर डीसीलगायतले सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण सुधा बस्नेत भण्डारीले गरेकी थिइन ।