माधव नेपालको नेतृत्वमा एमाले (समाजवादी) दर्ताका लागि निवेदन

काठमाडौं
२ भदौ / नेपाल कम्युनिस्ट पार्टी(एमाले) फुटेको छ ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।


नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।