लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ

तुलसीपुर, २३ फागुन ।

लेनदेन र रुख कटान मुद्दामा फरार दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा लेन मुद्दाका लमही नगरपालिका–५ निबासी ५० बर्षका जीवन थापा मगर र रुक कटान मुद्दाका लमही नगरपालिका–९ निबासी ३३ बर्षका प्रमोद विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसी मुकुन्द रिजालले जानकारी दिनुभयो ।


लेनदेन मुद्दामा दोषी ठहर भएका थपालाई २०७८ असोज ८ गते दाङ देउखुरी जिल्ला अदालतले २ बर्ष र रुख कटानमा मुद्दामा दोषी ठहर विकलाई २०७० साल असार १६ गते ९ दिनको जेल सजायको फैसला गरेको थियो ।