जुवा खेलिरहेको अबस्थामा होटल सन्चालकसहित ११ जना पक्राउ

दाङ, २२ फागुन ।

दाङमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । शनिबार (हिजो) दिउँसो ४ बजे घोराही उपमहानगरपालिका १५ स्थित न्यु सुप्रिया होटल एण्ड लजबाट ११ जना जुवाको खालबाटत पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं ८ का ५२ वर्षीय गोपाल बहादुर कुँवर, रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं ७ का ३४ वर्षीय सरोज पुन, रुन्टीगढी गाउँपालिका वडा नं ५ का ३६ वर्षीय घनश्याम वली, घोराही उपमहानगरपालिका वडा नं ५ का ३० वर्षीय कृष्ण बहादुर रावत, वडा नं १३ का ३९ वर्षीय मन बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


त्यसैगरी घोराही १६ का ३५ वर्षीय रेशम बहादुर कँवर, वडा नं १३ का ४५ वर्षीय खेमराज गिरी, वडा नं ८ का ४२ वर्षीय काशिराम भट्राई, वडा नं १५ का ५५ वर्षीय भुप बहादुर केसी, वडा नं ६ का ३० वर्षीय युुवराज केसी र प्युठान नगरपालिका वडा नं ५ का २८ वर्षीय जीवन नेपाली रहेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले २ लाख २१ हजार ३ सय ५ रुपैयाँ नगद र जुवा खेल्न प्रयोग भएको ७ गड्डी तास समेत बरामद गरेको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भैरहेको छ।