तुलसीपुर
२० फागुन / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को रनियापुर हुँदै सिमलकुटी जोड्ने सडक निर्माणको कार्य अघि बढेको छ ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले सिलन्यास गरेपछि काम अघि बढेको हो । सांसद अपारको पहलमा त्यहाँ ३ करोड बजेट परेको थियो ।
त्यहाँ सडक ग्राभेल,नाला, कलभर्टलगायत निर्माण हुनेछन् । उक्त सडक रनियापुर–गिधिनिया हुँदै गाइखुटी, बराहखुटी,साजखुटी ,सिमलकुटी मन्नामे सम्म जोड्ने छ ।
काम सुरु भएपछि त्यहाँका स्थानीयहरु खुसी भएको माओवादी केन्द्रका नेता दिपशिखा घर्तीले बताईन् ।
लाइभदाङ । २० फाल्गुन २०७८, शुक्रबार २१:०० बजे