दाङका माइकल वाईसिएल लुम्बिनी प्रदेशको सहइन्चार्ज

तुलसीपुर, ८ साउन । वाईसिएल लुम्बिनी प्रदेशको सहइन्चार्जमा अमर नेपाली(माइकल)लाई चयन गरिएको छ ।

वाईसिएल केन्द्रीय कमिटिले माइकललाई सहइन्चार्ज तोकेको हो । उनी दाङ तुलसीपुर निवासी हुन् । यस अघि उनी वाइसिएल दाङका इन्चार्ज समेत थिए ।

उनी माओवादी केन्द्र तुलसीपुरको उपाध्यक्ष समेत हुन्, भने अघिल्लो कार्यकालमा तुलसीपुरको कार्यपालिका सदस्य समेत थिए ।


त्यस्तै इन्चार्जमा निर्मला केसीलाई चयन गरिएको छ , भने अन्य सहइन्चार्जमा मनोज बुढा मगर र दीपक रोका रहेका छन् ।