आगलागीको घटनामा माओवादी केन्द्र तुलसीपुर ५ द्वारा दुःख ब्यक्त

फाइल फोटो

तुलसीपुर
२८ माघ / तुलसीपुरमा ५ जनाको मृत्यु हुने गरि भएको आगलागीको घटनाको माओवादी केन्द्र तुलसीपुर ५ ले दुःख ब्यक्त गरेको छ । अध्यक्ष बेदप्रसाद वलीले शुक्रबार एक विज्ञप्ति जारी गरि दुःख ब्यक्त गरेका हुन् । साथै उनले यो घटनाको सत्यतथ्य छानविनको माग समेत गरेका छन् ।

यस्ता आगलागीका घटनाबाट पाठ सिक्दै आगामी दिनमा तत्काल आगो नियन्त्रण गर्ने गरि तयारी गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका छन् । बजार क्षेत्रमै लागेको आगोलाई समयमा नियन्त्रणमा लिन नसक्नु दुःखद भएको समेत अध्यक्ष वलीले बताए ।


दाङको तुलसीपुर उपमहानगरपाकिा वडा नं. ५ ‘ङ’ लाईन स्थित ईरम फुटवेयरमा आज –शुक्रबार विहान २ बजेतिर आगलागी हुँदा अर्घाखाँची घर भई हाल सोही घरमा भाडामा बस्दै आएका ४० बर्षीय नगरदिन अली, उहाँका १३ बर्षीया छोरी सुजिता खातुन अली र ५ बर्षीय छोरा अविददिन अलीकासाथै सुर्खेत घर भई हाल भाडामा बस्दै आएका १६ बर्षीय मसिन बकस र उनका भाई १४ बर्षीय हसन बकसको मृत्यु भएको हो । शुक्रबार राति २ बजेदेखि लागेको आगो विहान ८ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।