स्थानीय तह निर्वाचन केन्द्रित बन्यो तुलसीपुर काँग्रेस

तुलसीपुर
२६ माघ / नेपाली काँग्रेस तुलसीपुर नगर कार्यसमिति निर्वाचन केन्द्रित बनेको छ । समितिको मंगलबार तुलसीपुरमा बसेको बैठकले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन केन्द्रित गतिबिधि गर्न नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेको छ । नगर सभापति सुरेश हमालको अध्यक्षता तथा पार्टीका जिल्ला सभापति शंकरप्रसाद डाँगीको प्रमुख अतिथ्यमा भएको बैठकले यस्तो निर्णय गरेको प्रबक्ता पूर्णबहादुर डाँगीले बताए ।

बैठकमा प्रमुख अतिथि डाँगीले पार्टीको विधि विधान र अनुशासानमा रही पार्टीलाई सशक्त संगठित बनाएर लैजान निर्देशन गरेका थिए । स्थानीय निर्वाचन लगतै हुन लागेकाले सबै सक्रिय भएर लाग्नु पर्ने बताए । मुलुकको समृद्धिको मार्ग कोर्ने काँग्रेृस नै भएको भन्दै यो कुरा जनतालाई बुझाउन आबश्यक रहेको समेत उनको भनाई थियो ।

त्यस अवसरमा नगरसभापति हमालले सम्पूर्ण वडा समितिलाई संगठन निर्माणकालागि सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।

No description available.त्यस अवसरमा पार्टीको तुलसीपुर नगरका १९ वडाका सभापतिहरुले आफ्नो रिपोर्टिङ् प्रस्तुत गरेका थिए । सो अबसरमा वडासभापतिहरुले सबै वडाका टोलहरुमा कमिटिहरु समेत निर्माण गरेको बताएका थिए ।


टोल नै पार्टी निर्माणको आधार भएको भन्दै टोल निर्माण पछि पार्टी थप सशक्त भएको समेत बताएका थिए । आउने निर्वाचनमा पार्टीले सबैवडामा जित हात पार्नकालागि कसरत गरिरहेको समेत बताएका थिए ।

साथै वडासभापतिहरुले पार्टीलाई चलायमान बनाउन वडा पार्टीका भवन निर्माण कार्यलाई छिटो निर्माण गर्ने कुरा समेत प्रतिबद्धता जनाएका थिए । साथै सबै वडाका नागरिकलाई मास्क वितरणकालागि नगर कार्य समितिले वडाका पार्टी समितिहरुलाई मास्क प्रदान गरेको छ । ति मास्क वडा कार्य समितिले सम्बन्धित वडाका नागरिकलाई प्रदान गर्नेछन् ।

बैठकमा महाधिवेशन प्रतिनिधि केशव आचार्य, जिल्ला सचिबद्वय अर्जुन कुमार योगी, बालिका लम्साल, पार्टीका दाङ क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का, पार्टीका दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ का सभाति देबेन्द्र रिजाल, ‘ख’ का सभापति खिमबहादुर वली, पार्टीका क्षेत्र नं. २ ‘ख’का सभापति अभियान बस्नेतलगायतले पार्टी निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

नगर सदस्य कमल सापकोटाले स्वागत मन्तब्य ब्यक्त गरेको बैठकको सहजीकरण नगर समिति सचिब विमलकुमार पौडेल र शुसिल वलीले गरेका थिए ।