गढवा गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

आलोक भावुक
गढवा,१ जेठ ।
दाङ देउखुरीको गढवा गाउँपालिकालाई शुक्रबार एक कार्यक्रमका बीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।खोपको सवै मापदण्ड पुरा गरेपछि गढवा गाउँपालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा गाउपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले खोप नेपाल सरकारको पहिलो प्रथामिक्ताको पहिलो कार्यक्रम भएको बताउदै देशका कोहीपनि जनता रोगी नहोउन भन्ने मान्यताका साथ बच्चा जन्मिने बित्तिकै १५ महिना भित्रमा बिभिन्न प्रकारका औषधिहरु खोपको माध्यम बाट दिने गरेको बताउनु भयो । गढवा गाउँपालिका र स्वास्थ्य शाखाले समयमा सतप्रतिशत पुर्ण खोप सुनिश्चितता गर्न सफल भएको भन्दै धन्यवाद समेत दिनु भयो।

त्यसैगरी पुर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलले पुर्ण खोप सुनिश्चितता नहुदा ठुलो मात्रामा रोग लाग्ने गरेको बताउदै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सुरु भए देखी स्वास्थ्य क्षेत्रमा देखीएको परिवर्तन सरहनीय भएको बताउनुभयो। घोषणा गर्दै गर्दा पनि यदी कतै छुटेका छन् भने खोजेर खोपको दायरामा ल्याउनै पर्ने बताउदै अध्यक्ष पोख्रेलले कागजमा मात्र नभएर व्यवहारमा नै पुर्ण खोप सुनिश्चितता हुन जरुरी रहेको र त्यसै अनुरुप गढवा गाउँपालिका स्वास्थ्य शाखा निरन्तर काम गरेको बताउनु भयो । पुर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा सतप्रतिशत खोप सुनिश्चित भएको जानकारी पाउदा खुसी लागेको बताउदै सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिनुभयो।


गढवा‌ गाउँपालिकाका पुर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रमका फोकलपर्सन तथा गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले दिनु भएको जानकारी अनुसार ० देखी १५ महिनासम्मको घर धुरी सर्वेक्षण ७ सय ३३ घरपरिवारमा गरिएको हो भने १६ देखि ५९ महिना पुर्ण खोप पाएका बच्चाहरुको संख्या १ हजार ९ सय ४४ घरबाट संकलन गरी पाएको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका पुर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रमका फोकलपर्सन भानु ज्योति वली खोप सुनिश्चितता सबै बालबालिकाको अधिकार भएको बताउदै खोप सेवा स्थानीय तहको बिशेष जिम्मेवारी भएको बताउनुभयो।पुर्ण खोप भनेको राष्ट्रिय खोप तालिका अनुसार ० देखी १५ महिना भित्र पुरा गरे पुर्ण खोप मान्ने गरेको बताउनु भयो । पुर्ण खोप सुनिश्चितताका लागि कम्तीमा ९५ प्रतिशत खोप लगाएको हुन पर्ने बताउदै गढवा गाउँपालिका मा १०० प्रतिशत खोप लगाएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो।

कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, सुशासन समितिका संयोजक तथा वडा नम्बर ५ का वडाअध्यक्ष लेख बहादुर थापा, जिल्ला विकास समितिका प्रेस संयोजक खेमराज रिजाल, विभिन्न स्वास्थ्य चौकी, लगायतका स्वास्थ्य संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सहभागिता रहेको थियो। गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले गर्नु भएको थियो।